बैशाख २६, २०८१, बुधबार
               

चिनी गोदाममा ५ दिनदेखि सिल

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाम सिल गरेको छ ।

काठमाण्डौको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाइएको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए । 

भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर, प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उनको भनाइ छ । 

एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनी अहिले एक सय ३० रुपैयाँभन्दा धेरै पुगेको छ । केही समयदेखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि