बैशाख २५, २०८१, मंगलबार
               

बिगत दुई महिनादेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय बिगत दुई महिनादेखि बन्द रहेको छ । विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी २ महिना बितिसक्दासमेत खुल्न सकेको छैन । २ महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । 

विश्वविद्यालयको कार्यकारी परिषदबाट विभिन्न आङ्गिक क्याम्पस र केन्द्रीय विभागमा खाली रहेका क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनको भनाइ छ । 

समाजवादी निकट अनेरास्ववियुले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । केन्द्रीय कार्यालयमा २ सङ्गठनले लगाएको ताला खुले पनि समाजवादी निकट अनेरास्ववियुको ताला खुल्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।  

केन्द्रीय कार्यालयमा गएको साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी २ सङ्गठनसँग सहमति भएर ताला खुले पनि नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठनको ताला खुल्न सकेको छैन । 

उनले भने, ‘विश्वविद्यालयले प्रशासनले ताला खुलाउन छलफल गरिरहेको छ ।’ विश्वविद्यालयमा भएको तालाबन्दी २ महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन । विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा ९ महिनासम्म तालाबन्दी गरिएको थियो ।

यो पनि