बैशाख २५, २०८१, मंगलबार
               

महानगर मात्रैले सडक व्यापार व्यवस्थापन गर्ने होइन : उपमेयर डंगोल

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

काठमाडौें । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी छन् । 

सोमवार काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी हुन् । उनले यो समस्याको दिगो समाधान हुने गरी तत्काल एकीकृत नीति बनाउन सङ्घीय सरकारलाई आग्रहसमेत गरिन । 
उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरुको समस्या समाधान गर्नुपर्ने बताइन । 

यो समस्या समाधानका लागि काठमाण्डौ महानगरलाई दबाब दिने काम नगर्न पनि उनले आग्रह गरिन । 


कस्तो लाग्यो ?

यो पनि