बैशाख २६, २०८१, बुधबार
               

विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

नेपाल फ्ल्यास
असोज ०५, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन अनुरोध गरेको छ । 

शुक्रवार विमानस्थल नागरिक उड्डयन कार्यालयले  सूचना प्रकाशन गरेर उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा असर पर्न सक्ने बताएको छ । चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरेको छ । 

साथै प्राधिकरणले अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि