बैशाख २५, २०८१, मंगलबार
               

आज विश्वकर्मा पूजा

नेपाल फ्ल्यास
असोज ०१, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आजैका दिन कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।

विभिन्न कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने प्रचलन छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई सहभागी गराई यो दिवस धुमधामका साथ मनाउने गरिन्छ । बालुवा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिकाउ रहने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
 


कस्तो लाग्यो ?

यो पनि