बैशाख २६, २०८१, बुधबार
               

बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार

नेपाल फ्ल्यास
भदौ ३१, २०८०

ADVERTISEMENT

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५—७६ देखि आव २०७९—८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो ।

ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लामा रहेका प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच जना पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०७८—७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको एसएसपी श्रेष्ठले बताउनुभयो । यस्तै आव २०७९—८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि