बैशाख २५, २०८१, मंगलबार
               

आज दर खाने दिन
दरखाने दिनसँगै तीज पर्वको रौनक शुरु

नेपाल फ्ल्यास
भदौ ३१, २०८०

ADVERTISEMENT

काठमाडौं । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्वको रौनक शुरु भएको छ ।  चेलीबेटीलाई आजको दिन माइतीले घरमा बोलाइ दर खुवाउने परम्परा रहिआएको छ ।  दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाने गरिन्छ । 

भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।  दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न भने चिकित्सकले आग्रह गरेका छन् । 

धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले  त्यस्ता खानेकुरा सकेसम्म नखान पोषणविद्को अनुरोध छ । 

दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान  र दरसँग जाँडरक्सी नखान पनि पोषणविद्को आग्रह छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्ने सम्भावना रहन्छ । 

अझ मधुमेहका बिरामीले यस्ता खानेकुरा खाँदा झनै सावधानी अपनाउनुपर्ने हुन्छ । पहिले मानिसहरुले धेरै परिश्रम गर्ने भएकाले चिल्लो, गुलियो धेरै खाँदा पनि त्यति स्वास्थ्य समस्या नहुने भए पनि  अहिले मानिसहरुले शारीरिक परिश्रम कम गर्दा र त्यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तने गरेको चिकित्सकहरु बताउछन् । 

भोलिपल्ट बस्ने व्रतका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने निहुँमा त्यसले थप जटिलता नल्याओस् भन्नेमा सतर्कता अपनाउन जरुरी छ । 
 


कस्तो लाग्यो ?

यो पनि