बैशाख १७, २०८१, सोमबार
               

रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज

नेपाल फ्ल्यास
भदौ २४, २०८०

ADVERTISEMENT

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अचानक स्वास्थ्यमा समस्या आएपछि खड्का भदौ १३ गते छाउनीमा रहेको नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए । त्यही दिन अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्रा. डा. भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट बीपीएच’ शल्यक्रिया गरेको अस्पतालले जानकार दिएको छ । 

शल्यक्रिया पश्चात अस्पतालमा उपचार गराइरहेका खड्का आज आइतवार डिस्चार्ज भएको वीरेन्द्र अस्पताल छाउनीले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि