बैशाख १७, २०८१, सोमबार
               

अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी

नेपाल फ्ल्यास
भदौ २०, २०८०

ADVERTISEMENT

महोत्तरी ।अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी परेका छन । 
एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछी उनिहरुलाई बर्दिबास अस्पतालका  चिकित्सकहरुले आज परिक्षण गरेका थिए  । परिक्षणको क्रममा ३ जनालाइ डेंगु प्रमाणित भएतापनी अन्य विद्यार्थीहरुलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुले जानकारी दिए । सातौ सेमेस्टरको परीक्षा चलीरहेको अवस्थामा केही बिद्यार्थीहरुमा  त्यतिवेला पनि ज्वरो आएको भुजेलको भनाइ छ । रोगको बिषयमा चिकित्सकहरुले परिक्षण गरिरहेका छन  । बर्षातका कारण दुषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरेतापनी डेंगुको नै लक्षण भएको हुन सक्ने चिकित्सकहरुले वताएका छन । २२ गते हुने परीक्षा पनि बिद्यार्थी बिरामी भएपछी स्थगन गर्न लगाइएको वडा अध्यक्ष पदम आलेमगरले जानकारी दिए । धमाधम ज्वरो र टाउको दुख्ने लक्षणवाट प्रताडित वनेपछी वडा अध्यक्ष मगरले  आज क्याम्पसमा नै स्वास्थ्य शिविर राखेका छन् । परिक्षण गरिएका सवै विद्यार्थीहरुमा ज्वरो देखिएको थियो । कतिपयको स्थानीय क्ल्निीकमा उपचार भएतापनी केहीको भने बर्दिबास अस्पतालमा उपचार भैइरहेको छ । यसै समबन्धमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियनले  बिद्यार्थीहरुमा फैलिरहेको ज्वरोलाई मध्यनजर गर्दै एक बिज्ञप्ति समेत निकालेको छ । बिज्ञप्तिमा एक हप्तादेखी दुषित पानीका कारण फैलिएको टाइफाइडका कारण बिद्यार्थी प्रताडित वनेपछी पाचौं सेमेस्टरको परिक्षा स्थगन गर्न माग गरिएको छ ।
कृषि तथा वन बिज्ञान विस्वविद्यालय राष्ट्रिय समितिका सचिव शिव बस्नेतले निकालेको बिज्ञप्तिमा रोग नियन्त्रणमा नआएसम्म परिक्षा रोक्न आग्रह गरिएको छ । परिक्षा स्थगनको लागी प्राकृतिक स्रोत ब्यवस्थापन कलेजले पनि डिनको कार्यालयलाई पत्र लेखिसकेको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिए । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र सरोकारवाला निकायमा संयोजन भैइरहेको वताउदै वडा अध्यक्ष मगरले रोगको बिषयमा अहोरात्र निगरानी गरिरहेको जानकारी दिए । यो कलेज बर्दिबास नगरपालिकाको वडा न.६ स्थित भित्री गाउमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि