बैशाख १७, २०८१, सोमबार
               

बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावितको चेतावनी: असोज १ गतेदेखि फोहर रोक्छौं

नेपाल फ्ल्यास
भदौ २०, २०८०

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर राखिदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितले आउँदो असोज १ गतेदेखि पुन फोहोर रोक्ने चेतावनी दिएका छन् ।

पटक पटक भएका सम्झौता कार्यान्वयनमा नगएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए । समितिले आफ्ना मागसहितको अपिल काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकालाई बुझाएको छ । 

समितिले प्रभावित क्षेत्रको मानव बस्ती स्थानान्तरणका लागि नेपाल सरकार र काठमाण्डौ महानगरपालिकाले १७ वर्षअघि गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेसहित सात वटा माग राखेको छ । गएको १८ वर्षमा भएका २५ वटा सम्झौता महागर तथा सरकारको तर्फबाट उल्लङ्घन भएकोले त्यसको कार्यान्वयन शुरु नभएसम्म नरोक्ने गरी आन्दोलन गर्न लागेको संयोजक ढुङ्गानाले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि