बैशाख १७, २०८१, सोमबार
               

कृषि नेपालका लागि मेरुदण्ड: कृषिमन्त्री

नेपाल फ्ल्यास
भदौ १७, २०८०

ADVERTISEMENT

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नेपालका लागि मेरुदण्ड भएको बताएका छन् ।  
कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताउदै मन्त्री भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र माथि उकास्न सकिने उल्लेख गरे ।  
आज काठमाण्डौमा आयोजित कार्यक्रममा कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । उनले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको स्वीकार गरे । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको उनको भनाइ छ । 

उनले भने, कृषि क्षेत्र हाम्रो देशको एउटा मेरुदण्ड हो । हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको हो । अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन सकेको छैन । बर्खायाममा ४८ प्रतिशत जमिन सिँचाइ हुन्छ नत्र सधैँभर सिँचाइ हुने क्षेत्र भनेको १८ प्रतिशत हो । यस वर्ष हामीले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर शुरु गरेका छौँ ।’

कार्यक्रममा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानुनको रूपमा कृषि विधेयक संसदमा पेस गर्ने तयारी भइरहेको बताए । उनले आउँदो अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत् कानुनी संरचनाको व्यवस्थापन हुने समेत बताए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले जमिनको प्रयोग नगरि अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उल्लेख गरे । 
 


कस्तो लाग्यो ?

यो पनि