बैशाख २१, २०८१, शुक्रबार
               

ढुङ्गेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

नेपाल फ्ल्यास
भदौ ०३, २०८०

ADVERTISEMENT

काठमाण्डौ । काठमाण्डौको वनस्थली स्थित ढुङ्गेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् । 

बालाजुबाट कलङ्कीका लागि छुटेको ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढीकी ३२ वर्षीया अनिता थापा र ठेगाना नखुलेका ३२ वर्षीय रामकुमार भारतीको ज्यान गएको हो । दुर्घटनामा परेर नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् ।

अनिता र रामकुमारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । टाउकोमा चोट लागेर घाइते भएकी बालिकाको अहिले मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको ढुङ्गेलले बताए । 


कस्तो लाग्यो ?

यो पनि