बैशाख २१, २०८१, शुक्रबार
               

साउदी अरेबियाको दमाममा आउँदो २० गतेदेखि वायुसेवा निगमले नियमित उडान भर्ने

नेपाल फ्ल्यास
भदौ ०२, २०८०

ADVERTISEMENT

काठमाण्डौ । साउदी अरेबियाको दमाममा उडानका लागि नेपाल वायुसेवा निगमले टिकट बुकिङ खुल्ला गरेको छ ।

आफ्नो १३ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा दमाममा नियमित उडान गर्न लागेको निगमले आजदेखि नै टिकट बुकिङ खुल्ला गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

निगमले काठमाण्डौ–दमाम–काठमाण्डौ रुटमा आउँदो २० गतेदेखि सिधा उडान शुरु गर्नेछ । 

शुरुमा बुधवार र शनिवार गरी हप्ताको दुई दिन सिधा उडान गर्ने र आवश्यकता अनुसार पछि थप गर्दै जाने निगमको सूचनामा उल्लेख छ ।

धेरै नेपालीहरु रोजगारकिा लागि साउदी जाने गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि