बैशाख २१, २०८१, शुक्रबार
               

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

नेपाल फ्ल्यास
भदौ ०२, २०८०

ADVERTISEMENT

काठमाण्डौ – पहिरोले अवरुद्ध बनेको मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक पुनःसञ्चालनमा आएको छ ।

मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो पन्छाएसँगै  सडक सञ्चालनमा आएको हो ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवम् इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने,  ‘केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको थियो । ढुङ्गामाटो हटाएर सडक पुनःसञ्चालनमा ल्याएका छौँ ।’

सञ्चालनमा आए पनि त्यस सडकखण्डको यात्रा भने जोमिखपूर्ण नै रहेको छ । जीर्ण सडकमा दैनिकजसो धेरै ठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन ।

कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक निमार्ण थालेको थियो ।

बीचमा निर्माणको काम रोकिएकोमा २०५७ सालदेखि देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो ।

सेनाको कार्यगणले २०६९ सालमा निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौलीलाई सडक हस्तान्तरण गरेको थियो ।

झण्डै ६५ किलोमिटरको सडकमा ३५ किलोमिटर लमजुङतर्फ र ३० किलोमिटर मनाङतर्फ पर्छ ।
 


कस्तो लाग्यो ?

यो पनि