बैशाख २१, २०८१, शुक्रबार
               

पहाडी तथा हिमाली जिल्लामा दिउँसो १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट पछि हट्यो प्राधिकरण

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण पहाडी तथा हिमाली जिल्लामा दिउँसो १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट पछि सरेको छ । चौतर्फी विरोधपछि प्राधिकरणले मौसमको अवस्था हेरेर र सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै १२ बजेपछि पनि उडान गर्न दिने निर्णय गरेको हो ।

प्राधिकरणले दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुअघि हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान—अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने पनि जनाएको छ । जहाजलाई आवश्यक पर्ने तोकिएको दूरीसम्म ककपिटबाट आँखाले हेर्दा देखिने दूरी सफा रहेको सुनिश्चित गरेर मात्रै जहाजका कप्तान पाइलट र उडान सञ्चालन गर्ने वायु सेवाका डिस्प्याचरले ‘उडानयोग्य मौसम भएको’ लिखित घोषणा विमानस्थलमा अनिवार्य बुझाउनुपर्ने छ । अनि मात्रै अतिरिक्त समयमा उडान अनुमति दिइने जनाएको छ । 

त्यसैगरी दुर्गममा उडान गर्दै आएका वायु सेवाले नेपालगञ्ज विमानस्थलमा फ्लाइट अपरेसन अफिसर (एफओओ) अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि