बैशाख २१, २०८१, शुक्रबार
               

भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

डोटी । सुदूरपश्चिम प्रदेशका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टाका लागि बन्द हुने भएको छ ।

पहिरोले भासिएको गोदावरी नगरपालिका–४ को बुढीतोलामा सडक मर्मतका लागि आज बिहान १२ बजेदेखि बेलुका ६ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो।

पहिरो हटाए पनि  हिलो र पानी बग्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले जानकारी दिए । 

यो क्षेत्रमा गाडी चले पनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत् निकास दिइने उनले बताए ।  

पहिरोका कारण सोमवारदेखि अवरुद्ध भएको भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो । राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा खाद्यान्नसहित दैनिक उपभोग्य सामग्रीको अभाव हुँदै आएको छ । यातायात बन्द भएपछि यात्रुहरुले पनि निकै सास्ती खेपदै आएका छन् ।  
 


कस्तो लाग्यो ?

यो पनि