बैशाख २१, २०८१, शुक्रबार
               

पहिरोले पोखराको ठूलाखेतमा घर र गोठ बगायो

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

कास्की । कास्कीको पोखरा महानगरपालिका—२३ ठूलाखेतमा गएराति गएको पहिरोले घर र गोठ बगाएको छ । पहिरोले विष्णुप्रसाद पौडेलको घर र गोठ बगाएको छ । पहिरोले उनको घरमा रहेका भाडा बर्तन समेत बगाएको छ ।  

यस्तै, ठूलाखेतबाट घाँटीछिना जाने सडक समेत पहिरोका कारण अवरुद्ध भएको पोखरा महानगरपालिका वडा नम्बर २३ का वडासदस्य चेतनाथ क्षेत्रीले जानकारी दिए । यस्तै, त्यही वडाको हर्पनका कर्णबहादुर भट्टराईको गोठ पनि पहिरोले पुरेको क्षेत्रीले जानकारी दिए ।  

अहिले पहिरोले पुरिएको सामान निकाल्ने र अवरुद्ध सडक सञ्चालनको प्रयास भइरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि