बैशाख २१, २०८१, शुक्रबार
               

शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर मर्‍योे जंगली हात्ती

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ। 

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । 

जङ्गली हात्ती रातको समयमा आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ मेहताको भनाइ छ ।  

जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उनकोे भनाइ छ ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ अव हात्तीकोे विधि प्रक्रिया पुर्याएर दाहसंस्कार गरिनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि