बैशाख २१, २०८१, शुक्रबार
               

बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

 बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधिकै हाहाकार भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढिरहेको छ । 

आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा. राम साहले जानकारी दिए । उनका अनुसार १० दिनमा दुई सय ७३ जनाको आँखाको उपचार गरिएको छ । “अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन्”, डा. साहले भने, “पालिकाकै एक मात्र राप्ती सोनारी अस्पतालमा दैनिक सयौँ आँखाका बिरामी आउने गरेका छन् । तर, दुर्भाग्य आँखामा हाल्ने औषधि छैन ।”राप्ती सोनारी–३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गुरौ थारूले सबैलाई आँखामा हाल्ने औषधि दिन नसकेको बताए । विनौना स्वास्थ्य चौकीका इन्चार्ज सन्दीप चौधरीले यही साउन २१ गतेदेखि ३० गतेसम्म एक सय ५८ बिरामी उपचार गर्न आएको बताए ।

राप्ती सोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधि अभाव भएकाले स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताए । उनले भने, “जिल्लामै औषधि अभाव भएको छ ।”

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्य चौकीमा औषधि पु¥याउन नसकिएको बताए । उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र बजारमा औषधि अभाव भएका कारण पालिकाका स्वास्थ्य चौकीमा पनि त्यसको असर देखिएको हो ।
 

यो पनि