बैशाख २२, २०८१, शनिबार
               

संखुवासभाको सभापोखरीमा घरमा आगलागी
घरभित्र रहेको अन्नपात र लत्ताकपडाहरु सबै जलेर नष्ट

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङमा एक घरमा आगलागी भएको छ ।

स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । 

उनका अनुसार घटनाको खबर आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन भएको छ ।

अहिले सार्वजनिक मुचुल्का तयार पर्ने र क्षतिको बारेमा थप अनुसन्धान भइरहेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खनालको भनाइ छ ।

आगलागीबाट मानवीय क्षति नभएपनि घरभित्र रहेको अन्नपात र लत्ताकपडाहरु सबै जलेर नष्ट भएका छन् ।

फुसको छानो भएकोे घरमा रातको समयमा अचानक आगलागी भएको बताइएको छ । आगलागीको कारण भने अहिलेसम्म खुलन सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि