भदौ २३, २०८१, आइतबार
               

गालियो सुन, जर्ती छुट्याउँदा ६० किलो ७ सय ग्राम मात्रै

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

काठमाडौं । झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन राजस्व अनुसन्धान विभागले ब्रेक शु बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ ।

ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो सात सय ७९ ग्राम मात्र भएको हो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो सात सय १६ ग्राम कायम भएको टक्सार विभागको भनाइ छ । पगालेको सुनलाई विभागले ३६ वटा बिस्कुट आकारमा बनाएको छ । अब सुनको गुणस्तर मापन गर्ने विभागका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । 

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीआईबी) लाई दिएको छ ।

हङकङबाट गएको असार २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।
 


कस्तो लाग्यो ?

यो पनि