भदौ २३, २०८१, आइतबार
               

केही दिन ठूलो र लगातार बर्षा नहुने: मौसमविद्

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

काठमाडौं । अबका केही दिन पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गत शुक्रवारदेखि भएको परेको अविरल वर्षा हिजो सोमवारदेखि केही कम भएको हो ।

आज मङ्गलवार देशका धेरै ठाउँमा घाम लागेको छ । आज बेलुकीपख धेरै ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने भएपछि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । आउँदो तीन दिनसम्म नै निरन्तर वर्षा तथा मुसल्धारे वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।  ठूलो पानी पर्ने सम्भावना कम भए पनि नदी तटीय क्षेत्रमा भने सावधानी अपनाउनुपर्ने मौसमविद् लामिछानेको भनाइ छ । 

झन्डै चार दिनसम्म लगातार जसो परेको वर्षाले नदीमा पानीको सतह बढेको र सामान्य वर्षाले पनि क्षति हुने गरी बहाव बढ्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । 

आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि