कात्तिक ०२, २०८१, शुक्रबार
               

सुन प्रकरण: झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु

नेपाल फ्ल्यास
साउन २९, २०८०

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा ुब्रेक शुु बाट सुन छुट्याउने काम भएको हो । सीआईबीले बरामद सुन जोख्न पत्र लेखेपछि आज सोमवार दिउँसोदेखि सुन छुट्याउने प्रक्रिया थालिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक शुु बाट सुन छुट्याएपछि सुन गालेर तौल पत्ता लगाइने जानकारी दिए । 

राजस्व अनुसन्धान विभागले यही साउन २ गते विमानस्थलको भन्सारबाट तस्करी भएर सिनामङ्गल पुगेको सुन एउटा ट्याक्सीबाट बरामद गरेको थियो । अहिले यो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ ।


 


कस्तो लाग्यो ?

यो पनि