कात्तिक ०२, २०८१, शुक्रबार
               

मनसुन सक्रिय भएसँगै देशभर भारी बर्षा
मकवानपुर गढी र हेटौँडामा ठूलो वर्षा

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

काठमाडौं । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो बर्षा भएको छ । 

यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेले दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

मनसुन सक्रिय भएसँगै देशभर भारी बर्षा भएको छ । बाढी पहिरोसँगै डुबानको  जोखिम रहेकाले सतर्कता अपनाउन मौसम बिभागले आग्रह गर्दै आएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि