बैशाख २०, २०८१, बिहीबार
               

पहिरो रोकथाम गर्न सडक बन्द

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT


बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिन पूर्णरुपमा बन्द
म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि पूर्णरुपमा बन्द भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्नका लागि सडक बन्द गरिएको हो । 

रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गरिएको हो। आजदेखि साउन ३२ गते बिहीवारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ । कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडक खण्डमा चल्ने साना गाडीलाई यो समयमा चमेरे–राखुपिप्लेबेगखोला सडक खण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ । 

बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्र्याक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

यो पनि