बैशाख २०, २०८१, बिहीबार
               

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप ४ जना डाक्टर पक्राउ

नेपाल फ्ल्यास
साउन २५, २०८०

ADVERTISEMENT

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)   ले पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेको जनाएको छ । शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पाँच जना पुगेको छ । यसअघि बिहीवार दिउँसो सीआईबीको टोलीले काठमाडौंको गल्फुटारबाट नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पनि नियन्त्रणमा लिएको थियो । 

सीआईबीले अपरेशन जारी रहेको जनाएको छ । कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि