बैशाख २०, २०८१, बिहीबार
               

मधेस प्रदेशमा भोलि बर्षाको सम्भावना
तराई मधेसका जिल्ला प्राय खुख्खा

नेपाल फ्ल्यास
साउन १९, २०८०

ADVERTISEMENT

काठमाडौं । अहिलेसम्म यसपालिको मनसुनमा मधेस प्रदेशका धेरै ठाउँमा पानी पर्न सकेको छैन ।  यसले गर्दा तराई मधेसका जिल्ला प्राय खुख्खा छन् । ।

पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी पर्न सकेको छैन । तर, भोलि शनिवार भने तराई—मधेसमा पनि पानी पर्ने सम्भावना रहेको मौसम बिभागले जनाएको छ । बिभागका अनुसार तराई—मधेसका जिल्लामा बिस्तारै मनसुनी प्रणालीको प्रभाव पर्न थालेको छ । भोलि केही ठाउँमा हल्कादेखि मध्यम तथा एक—दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि बिभागले उल्लेख गरेको छ । 

पहाडी जिल्लाका केही ठाउँमा भने आज शुक्रवार पनि ठूलो वर्षाको सम्भावना छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम बिभागले जनाएको छ । नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि