बैशाख २०, २०८१, बिहीबार
               

खानेपानीमा भेटियो दिसामा पाइने कोलीफर्म
स्याङ्जाका सबै पालिकाकाका खानेपानीमा कोलीफर्म

नेपाल फ्ल्यास
साउन १९, २०८०

ADVERTISEMENT

स्याङ्जा । खानेपानीमा ‘कोलीफर्म’ भेटिएपछि स्याङ्जाका सबै पालिकाका स्थानीय चिन्तित बनेका छन् । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार जिल्लाका ११ पालिकाबाट खानेपानीका ९४ नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आँधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमुना सङ्कलन गरी परीक्षण गरेको थियो ।

‘सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको शर्माको भनाइ छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलव ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले जानकारी दिइन । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका किटाणु भेटिएका थिए ।

प्रमुख शर्माले गएको वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताइन । पानीमा अत्यधिक कोलीर्फम भेटिनु सुखद नतिजा नभएको उल्लेख गर्दै उनले गएको आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमुना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको समेत बताइन ।  कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्ने गर्छ ।


कस्तो लाग्यो ?

यो पनि