बैशाख २०, २०८१, बिहीबार
               

पहिरोमा परेर दोलखामा तीन वर्षका बालकको ज्यान गयो, तीन जना अझै बेपत्ता

नेपाल फ्ल्यास
साउन १९, २०८०

ADVERTISEMENT

दोलखा । पहिरोमा परेर दोलखामा तीन वर्षका बालकको ज्यान गएको छ । यस्तै पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो गएको हो । पहिरोको विस्तृत जानकारी भने अझै आउन सकेको छैन । तर, पहिरोले पाँच घर बगाएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए । 

उनका अनुसार पहिरोमा परेर ज्यान गुमाएका तीन वर्षका प्रिन्स थामीका आमाबुवाको नाम खुल्न बाँकी छ भने घाइते भएकाको पनि परिचय खुलेको छैन । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । एक जनाको उपचार भने दोलखामा नै भइरहेको छ ।

यस्तै, पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि