बैशाख २०, २०८१, बिहीबार
               

सामाखुसीबाट नालामा खसेर बेपत्ता भएका  १३ वर्षीय बालक ११ दिनपछि दक्षिणकालीमा मृत भेटिए

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

काठमाडौं । नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् ।

मगरलाई साउन ७ गते काठमाण्डौको सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाण्डौ प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका अनुसार मुचुल्का सकेर पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा लगिएको छ । मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो ।

सामाखुसी घर भएका साजन पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्दै आएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि