बैशाख २०, २०८१, बिहीबार
               

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । 

आज बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुन् । 

अब संसद्‌को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि उनले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्ने छन् । 


वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल पर्सि शनिवार सकिँदै छ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि ढिला गरी परिषद्को बैठक बसेको हो ।

यस्तै संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । 
 

यो पनि