बैशाख २०, २०८१, बिहीबार
               

६ वर्षयताकै उच्च अलैँचीको भाउ
पाँचथरमा तीन हजार चार सय  ४० हेक्टर जमिनमा अलैँची खेती

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

पाँचथर – पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्षैपिच्छे ओरालो लाग्दै गएको अलैँचीको भाउ नयाँ अलैँची बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान निकै खुसी भएका छन् । 

पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरले जनाएको छ । 

जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको महासङ्घको भनाइ छ । 

भाउ बढे पनि हिउँदको समयमा पर्याप्त वर्षा नभएको र रोगका कारण केही अलैँचीका बोट मरेपछि उत्पादन घट्ने सम्भावना रहेको पनि महासङ्घले जनाएको छ । पाँचथरमा तीन हजार चार सय  ४० हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि