बैशाख २०, २०८१, बिहीबार
               

भवन अभावमा पठनपाठनमा समस्या
‘कक्षाकोठा पानीले जलमग्न, छन् कहाँ गएर पढ्ने:बिद्यार्थी

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययन अध्यापनमा निकै समस्या भएको विद्यार्थीको गुनासो छ । 

केही हप्ताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्न समस्या भएको प्रधानाध्यापक उत्तम विष्ट बताउछन् । जस्तापाता पूरै उडाएको छ, पालिकालाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैनु, उनले भने विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।

कोरोनाको समयमा निर्माण शुरु गरिएको दुई कोठे भवन अहिलेसम्म सम्पन्न हुन नसकेको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन भवनमा बसालेर पठनपाठन गराइरहेको दुखेसो पोखे । उनका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम अझै बाँकी नै  रहेको छ । 

न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छु, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भने भूइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ । हावाले उडाएको जस्ता फेर्न पालिकाले आनाकानी गरेपछि स्थानीय वासिन्दा मिलेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताए । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएकाले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा जोखिम बढेको उनको भनाइ छ । उनका अनुसार वर्षातका समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।


नजिकै राष्ट्रिय निकुञ्ज भएकाले वन्यजन्तु विद्यालय परिसरमा आउने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नुपर्ने प्रधानाध्यापक विष्टको भनाइ छ । विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छु,उनि भन्छन् । खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि