बैशाख २०, २०८१, बिहीबार
               

युगान्तकारी परियोजनालाई उच्च महत्त्व दिएर अघि बढाउनुपर्छ:डा. भट्टराई

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अवलोकनका लागि पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग सुरुङ निर्माणस्थलमा पुगेका थिए ।बिहीबार आयोजना अवलोकन पछि अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिँचाइ गर्न सक्दा ठुलो आर्थिक क्रान्ति सम्भव हुने बताएका थिए । उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्त्व दिएर अघि बढाउनुपर्ने बताए ।  ‘‘कालीगण्डकी, त्रिशूली, सुनकोशीजस्ता नदीको डाइभर्सन गरेर तराई मधेसमा सिँचाइ गर्न सक्दा ठुलो आर्थिक क्रान्ति सम्भव हुने उनको भनाइ थियो । 

सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ । त्यहाँ विद्युत् उत्पादनपछि पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ ।

बागमती सिँचाइ आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि