बैशाख २०, २०८१, बिहीबार
               

एक वर्षमै २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौं । सोलुुखुम्बुमा एक वर्षमा मात्रै २३ विदेशी पर्यटकको ज्यान गुमाएका छन् । तीन जना भने अझै बेपत्ता रहेका छन् । 

आर्थिक वर्ष २०७९—८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ज्यान गुमाउनेमा मेक्सिकोका पाँच जना, भारतका चार जना, फ्रान्स र क्यानडाका दुई—दुई जना रहेका छन् ।

यस्तै, बेलायत, दक्षिण कोरिया, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका एकरएक जनाले पनि ज्यान गुमाएका छन् ।

मेक्सिकोका पाँच जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । 

अष्ट्रेलिया, मलेसिया र सिंगापुरका एक—एक जना गरी तीन जना पर्यटक जेठ ५ गतेदेखि सगरमाथाको आधारशिविर क्षेत्रबाट हराइरहेका उनको भनाइ छ ।  
 


कस्तो लाग्यो ?

यो पनि