बैशाख २०, २०८१, बिहीबार
               

मृत फेला परे भत्ता बुझेर घर फर्किँदै गरेका बैतडीका वृद्ध

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

बैतडी । बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्धको बाटोमै ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका—६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत भेटिएका हुन् ।  

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्धभत्ता बुझेका भण्डारी हिजो बेलुकीसम्म घर नपुगेपछि खोजी गर्दा मृत भेटिएका हुन् । उनको शव आज बिहान फेला परेको हो । 

भण्डारी झन्डै ६ घण्टा हिँडेर भत्ता लिन गएका थिए ।  
 


कस्तो लाग्यो ?

यो पनि