बैशाख २०, २०८१, बिहीबार
               

नारायणगढ–मुग्लिन सडक दिउँसो १ बजेसम्ममा खुलाउने तयारी

नेपाल फ्ल्यास
साउन १४, २०८०

ADVERTISEMENT

काठमाडौं । पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दिउँसो १ बजेसम्मा खुलाउने तयारी थालिएको छ । 

बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा पहिरो खस्दा सडक दुईतर्फी नै ठप्प भएको छ । अहिले पनि पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन निकै समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । अहिले १ बजेसम्ममा पहिरो पन्छाएर सडक खुलाउने तयारी भएको कार्यालयले जनाएको छ । पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न सात सडक अवरुद्ध छन् ।
 

यो पनि