बैशाख २०, २०८१, बिहीबार
               

पलाँतामा मिनी ट्रक दुर्घटना,  गम्भीर ५ घाइतेलाई सुर्खेत लगियो

नेपाल फ्ल्यास
साउन १२, २०८०

ADVERTISEMENT

कालीकोट । पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज शुक्रवार हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएको छ ।

पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

पलाँता अस्पतालबाट रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकप्टरमार्फत थप उपचारका लागि प्रदेश अस्पताल लगिएको गाउँपालिका अध्यक्ष विष्णु रोकायाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि