बैशाख २०, २०८१, बिहीबार
               

मेची राजमार्ग अन्र्तगत फुङलिङ–काबेली खण्डमा पहिरो

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङलिङ–काबेली खण्डको खोक्से क्षेत्रमा गए राति गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

गए राति झरेको पहिरो पन्छाउन शुक्रवारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । पहिरोमा ठूला ठूला रहेकाले एक्स्काभेटर नै झिकाउनुपर्ने अवस्था आएको उनि बताउछन् । सडक डिभिजन कार्यालय इलामबाट एक्स्काभेटर झिकाउनुपर्ने भएकाले सडक खुल्न ढिला हुने भएको हो ।

अहिले बाटो बन्द भएपछि झापाको बिर्तामोड, इलाम, पाँचथर जिल्लाका साथै विभिन्न क्षेत्रबाट आएका बस, जीप र ट्रक बीच बाटोमै रोकिएका छन् । गाडी बीच बाटोमै रोकिँदा बिहानैदेखि हिँडेका यात्रुको भने बिजोग भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि