बैशाख २०, २०८१, बिहीबार
               

विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

काठमाडौं । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाएका छन् । उनिहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गरेका हुन् । 

सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा शेर्पाका अनुसार क्रिस्टिन र तेन्जेनले आज बिहान साढे ११ बजे विश्वको दोस्रो अग्लो चुचुरोमा सफल आरोहण गरेका हुन् । योसँगै ८ हजार मिटर अग्ला सबै १४ चुचुरा पूरा गर्ने सबैभन्दा छिटो आरोहीको कीर्तिमान बनेको छ । यो काम ९२ दिनमा सकिएको हो ।

८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण ९२ दिनमा पूरा गरेको एसएसटीका प्रबन्धक थानेश्वर गुरागाईँले पनि बताए । यसअघि निर्मल पुर्जाका नाममा रहेको ६ महिना ६ दिनको कीर्तिमान तोडिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि