बैशाख २१, २०८१, शुक्रबार
               

अनुसन्धान निरीक्षक साहको दुर्घटनामा ज्यान गयो

नेपाल फ्ल्यास
साउन १०, २०८०

ADVERTISEMENT

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक २९ वर्षीय वसन्त साहको ज्यान गएको छ ।

फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा बाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

उनि राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत थिए । हिजो कार्यालयको काम सकेर घर फर्किँदै गर्दा उहाँ दुर्घटनामा परेका प्रहरीले जनाएको छ । 
 

यो पनि