बैशाख २२, २०८१, शनिबार
               

पूर्वी नाकाबाट भित्रियो ५१ करोडको कोदो

नेपाल फ्ल्यास
साउन १०, २०८०

ADVERTISEMENT

काठमाडौं । झापाको पूर्वीनाका काँकडभिट्टाबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो आयात भएको छ ।

गएको आर्थिक वर्ष २०७९—८० मा भारतबाट काँकडभिट्टा नाका हुँदै १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले जानकारी दिए । 

त्यस्तै तरकारी फर्सी पनि भारतबाट ठूलो मात्रामा आयात भएको छ । पहाडी जिल्लामा ठुलोे मात्रामा उत्पादन  हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खुवाउँछन् ।

तर, त्यही फर्सी पूर्वी नाकाबाट आर्थिक वर्ष २०७९र८० मा सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन आयात भएको छ ।

फर्सी र कोदोमात्र होइन, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु भारतबाट उच्च मात्रामा आयात भएको छ ।

एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।

त्यस्तै ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात भएको प्लान्ट काँकडभिट्टा क्वारेन्टिनले जनाएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि