बैशाख २२, २०८१, शनिबार
               

दाङमा बाढीका कारण कयौं घर डुबानमा
हुलाकी सडक खण्डका धेरै ठाउँमा पहिरो

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण कयौं घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका घर डुबानमा परेका हुन् ।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेको प्रहरी कार्यालय दाङले जनाएको छ ।  यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार वटा घर डुबानमा परेको पनि प्रहरीले जनाएको छ । 

सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उहाँको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थान्तरण गरिएको छ । 

स्थानीय ४० वर्षीय सुशील कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसेपछि उनीहरूको परिवार सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिउको छ । डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि यहाँ १० जनाको प्रहरी टोली खटिएको छ ।

गतराति देखिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड बन्द भएको छ । बाढी आई ठाउँठाउँमा हिलो माटो खसेको हुँदा सडक खण्ड बन्द भएको हो ।

यसैबीच, दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको एउटा जीप खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको जीप बगाएको हो । बाढीले बगाएको जीप निकाल्ने प्रयास भइरहेको पनि प्रहरलिे जनाएको छ ।  जीपमा चालकमात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको छ ।

दाङमा आज बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ ।
 

यो पनि