बैशाख २२, २०८१, शनिबार
               

बबई, गण्डकी, नारायणी, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो
तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

काठमाडौं । नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । 
ती ठाउँका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना नदीमा पनि बाढीको जोखिम रहेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मौसम आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।
 

यो पनि