बैशाख २२, २०८१, शनिबार
               

जङ्गली जनावरको आक्रमणकै कारण चितवनमा १२ जनाले ज्यान गुमाए

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

चितवन ।  गत आर्थिक वर्ष २०७९—०८० मा जङ्गली जनावरका कारण चितवनमा मात्रै१२ जनाले ज्यान गुमाएका छन् ।  ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना र  हात्तीको आक्रमणबाट दुई जना रहेका छन् । 
 
मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको छ ।  

१७ जना हात्तीको आक्रमणबाट , २१ जना गैँडाको आक्रमणबाट  , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जले जनाएको छ ।  
 
यस्तै, जङ्गली जनावरका कारण दुई सय ३४ पशुधनकोे क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।
 
निकुञ्जका अनुसार गत आर्थिक बर्षमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।
 

यो पनि