बैशाख २२, २०८१, शनिबार
               

सप्तरीमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

काठमाडौं । सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो बर्षा भएको छ । पछिल्लो ३ घण्टामा फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्र भएर बग्ने खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन समेत अपिल गरेको छ । त्यस्तै, आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

झापाको बिरिङलगायतका खोलामा बाढी आउन सक्ने जोखिम बढेको छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज कोशी, बाग्मती र गण्डकीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाडौं उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाडौं उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम बिभागले जनाएको छ ।  
 

यो पनि