बैशाख २२, २०८१, शनिबार
               

१ सय किलो सुन तस्करी प्रकरण :त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित ६ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ०७, २०८०

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको हो । यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि विभागले पक्राउ गरेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १६ जना पुगेको छ ।

रेडी ट्रेडर्सु का नाममा हङकङबाट आयात भएको स्कुटरको ब्रेक शुु भित्र लुकाएर ल्याइएको झन्डै एक सय किलो सुन त्रिभुवन विमानस्थलबाहिर बरामद भएको थियो ।

सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ । त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सीसीटीभी क्यामेराका फुटेज र सुरक्षा जाँचपासका क्रममा लिइएका एक्सरे मेशिनका इमेज थप अनुसन्धानका लागि भन्दै विभागले नियन्त्रणमा लिइसकेको छ ।
 

यो पनि