बैशाख २०, २०८१, बिहीबार
               

सडकमा थुप्रिएको फोहर एक—दुई दिनभित्रै उठ्छ : महानगर

नेपाल फ्ल्यास
साउन ०६, २०८०

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडोल र धादिङको धुनीबेसीका वासिन्दाले केही दिनअघिदेखि दुर्गन्ध फैलिएको भन्दै फोहर फाल्न अवरोध गरेपछि काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा फोहर थुप्रिएको थियो ।

महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा हिजो शुक्रवारदेखि फोहर पुर्‍याउन थालेको हो । महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले हिजोदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेकाले काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका फोहर एक—दुई दिनभित्रै उठाइसक्ने जानकारी दिए ।  

बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

केही दिनअघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि फोहर व्यवस्थापनको काम भइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्‍याउन थालेको छ । फोहर बोकेका गाडीलाई ल्याण्डफिल्ड साइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठको भनाइ छ । 

यो पनि