जेठ ०४, २०८१, शुक्रबार
               

भोलि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने

नेपाल फ्ल्यास
साउन ०५, २०८०

ADVERTISEMENT

काठमाडौं । भोलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भोलि ८ घण्टासम्म बन्द हुने भएको हो ।

प्राधिकरणले आज सूचना निकालेर भोलि बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १ सय ३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ ।

बाग्मती फिडर अन्तर्गत सानेपा राममन्दिर, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडिएण्ड स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, ललितपुरको पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुङ्गा क्षेत्रमा बिजुली कटौती हुनेछ ।

चमती फिडर अन्तर्गत ज्ञानतीर्थ मार्ग, कालीमाटी शालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारुद खाना क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा, त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य सङ्घ हुँदै सुकुम्बासी बस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत टेकु त्रिपुरेश्वर चोक, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रङ्गशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालयन होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यस्तै, ललितपुरको भैँसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक, एकल डाँडा र काठमाण्डौको छेत्रपाटी फिडर अन्तर्गत टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि छेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत् आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सम्पन्न भएमा बिजुली आपूर्ति हुने पनि जनाएको छ ।
 

यो पनि