जेठ ०४, २०८१, शुक्रबार
               

रोल्पाको त्रिवेणीमा छोरी जन्मने बित्तिकै पाँच हजार रुपैयाँ खातामा

नेपाल फ्ल्यास
साउन ०४, २०८०

ADVERTISEMENT

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०—८१ को गाउँसभाले यो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हो । 

यो कार्यक्रम साउन १ गतेदेखि नै लागू भएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । बैंकमा खाता खोली जम्मा गरिने यो रकम २० वर्षसम्म झिक्न पाइने छैन । 

छोरी जन्मिँदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेको उपाध्यक्ष डाँगीको तर्क छ । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले सक्षम बनाउका लागि यो कार्यक्रम अघि बढाएको उनको भनाइ छ । 

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । यो कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०—८१ मा १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा यो कार्यक्रम ल्याएको हो । 
 

यो पनि